सम्झौता: संसद् विघटन, कार्यकारी प्रधानमन्त्रीमा कार्की
सम्झौता: संसद् विघटन, कार्यकारी प्रधानमन्त्रीमा कार्की
काठमाडौं । लामो समयदेखि जारी आन्दोलन र राजनीतिक अराजकतालाई अन्त्य गर्न दलहरू र ‘जेनेरेशन जेड’ प्रदर्शनकारीबीच ऐतिहासिक सम्झौता भएको छ। सम्झौताअनुसार वर्तमान संसद् विघटन गर्ने र कार्यकारी प्रधानमन्त्रीका रूपमा कार्कीलाई नियुक्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ।
सम्झौताअनुसार तीन सदस्यीय मन्त्रिपरिषद् तत्काल गठन गरिनेछ। कार्कीको नेतृत्वमा बन्ने यो अन्तरिम सरकारलाई आगामी चुनावसम्म मुलुक सञ्चालन गर्ने जिम्मेवारी दिइने बताइएको छ। यसै क्रममा कार्कीलाई आजै बेलुकी ९ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराइने तयारी भएको छ।
दलहरूबीचको सहमति र प्रदर्शनकारीको मागबीच समन्वय गर्दै गरिएको यस ब्रेकथ्रु सम्झौतालाई मुलुकको राजनीतिक संकट समाधानतर्फको ठूलो कदमका रूपमा लिइएको छ। अब नयाँ सरकार गठनसँगै मुलुकलाई शान्ति, स्थायित्व र लोकतान्त्रिक अभ्यासतर्फ अघि बढाउने अपेक्षा गरिएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0