कार्कीले शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्
कार्कीले शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्
काठमाडौं । राजनीतिक इतिहासमा पहिलो पटक एक महिला प्रधानमन्त्री बनेकी छिन्। कार्कीले शुक्रबार साँझ शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्।
दलहरू र ‘जेनेरेशन जेड’ आन्दोलनबीच भएको सहमतिपछि कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो। उनलाई संसद् विघटनसँगै कार्यकारी अधिकारसहितको प्रधानमन्त्री नियुक्त गरिएको छ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, संवैधानिक अंगका प्रमुखहरू, शीर्ष नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्कीको नेतृत्वमा तत्काल तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने र यसले आगामी निर्वाचनसम्म मुलुक सञ्चालन गर्ने जनाइएको छ।
कार्कीको प्रधानमन्त्री पदमा नियुक्तिलाई ऐतिहासिक उपलब्धि मानिएको छ। यसलाई नेपालको महिला सशक्तीकरण र लोकतान्त्रिक अभ्यासमा नयाँ अध्यायका रूपमा लिइएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0