नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैयाँ प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुने समेत स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैयाँ प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुने समेत स्पष्ट पार्नुभयो । शुक्रवार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि विद्युत आवश्यक नभएको गलत प्रचार गर्ने गरेको र नेपाल त्यसको भ्रममा पर्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो । अध्यक्ष ओलीले मुलुक भित्रै उद्युत खपत गरेर, उत्पादनमुलक उद्योगको स्थापना गरेपछि मात्रै यसको बिक्रीको कुरा गर्न उपयुक्त हुने धारणा समेत राख्नुभयो । भारतले अढाई रुपैयाँमा प्रतियुनिट आफ्नो जनतालाई विद्युत दिने गरेको तर नेपाललाई भने प्रतियुनिट १२ रुपैयामा बेच्ने काम गरेर अन्याय गरेको उल्लेख गर्दै त्यस्ता खालको काममा लाग्न नहुने ओलीको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘विद्युत निर्यात किन गर्नुप¥यो ? पहिले यहाँ खपत गरांैं । यहाँ रोजगारी सृजना गरांैं । उत्पादन उद्योगलाई अघि बढाऔं । हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गरांै । अनि मात्रै व्यापारका कुरा गरौंला । अहिले विद्युतको हाहाकार छ । तर हाम्रो विद्युत सस्तोमा किन्नका लागि के भन्दिन्छ–हामी कहाँ त विद्युत आवश्यक्ता भन्दा बढी भइसक्यो । त्यसो भएपछि हाम्रो बार्गेनिङ क्षमता कमजोर हुने भयो । तपाईहरुलाई नचाहेको भएपनि किनि दिनोस् भन्नुप¥यो । त्यस्तो पनि हुन्छ कुरा । नचाहिएर कसैले किन्छ ? उस कहाँ विद्युत आवश्यक्ता भन्दा बढी भइसक्यो भने कुनै हालतमा पनि कुनै शर्तमा अनि सित्तै दिएपनि । मैले खाना खाएर खाइसके । तपाईले सित्तै खाना खुवाउछु भन्नुभयो । कसरी खान्छु ? मेरो आवश्यक्ता परिपूर्ति भइसक्यो भने म त्यो आवश्यक्तामाथि कसरी उपयोगिताको पनि सिमान्तको नियम हुन्छ नि । त्यसकारण कसैले पनि आफूलाई चाहिएको छैन भने किन्दैन । भ्रममा नपरौं । चाहिएको छ, त्यसकारण किनिराखेको छ । तर, हाम्रो विद्युत क्षमता आवश्यक्ता भन्दा बढी विकास भइसक्यो भन्नेकुरा गलत हो । होइन भने हाम्रो विद्युत किन्ने थिएन । खाली हामीलाई बार्गेनिङ गर्नका लागि । त्यसकारण यो बार्गेनिङमा धेरै परिरहनुपर्ने आवश्यक्ता नै छैन । हामी कहाँ कति उत्पादन भएको छ विद्युत । हाम्रो जस्तो देशले विद्युतको खपत कति गर्ने हो ? अनि औद्योगिकीरकण गर्नुपर्दैन ? हामी कहाँ विद्युत खपत भएन भन्ने । उद्यमी, व्यवसायीहरुले विद्युत मागिराखेको छ । सबस्टेशन छैन । त्यसकारण दिन सकिँदैन भनिन्छ । अनि हाम्रो इन्डष्ट्रीलाई दिन नसकेर हाम्रो उत्पादन भइराखेको छैन । हामी महंगोमा लिन्छौं । यहाँ उत्पादन भयो भने हाम्रो हिसाव कस्तो हुन्छ भने यही सामान प्रोडक्शन भयो भने आयात हुँदैन, आयात भएन भने ट्याक्स आउँदैन । कठैबरी । त्यो खालको हिसावकिताव हुन्छ यहाँ । यो गलत हो । त्यसकारण अहिले हामी ऊर्जा व्यापारको क्षेत्रमा हामी ऊर्जा किनिराखेका छौं । किन्छौं महंगो । हामीलाई व्यापारको खुव शौख छ । किन्छौं १२ रुपैयाँमा । उपभोक्ता कहाँ पुग्दा ३८ सम्म पुग्यो । बेच्छौं कतिमा ? ६ रुपैयाँमा बेच्छौं कि क्या हो । हाम्री आमा कति बाठी–६ मा बेची, १२ मा किनी । अनि हामीलाई ऊर्जा व्यापारको चिन्ता छ हामी यो भन्न सक्दैनौ । यत्रो ऊर्जाको देश एक सय १२ वर्ष अगाडि हामी भन्दा १३ वर्ष अघि इन्डियाले शुरु गरेको थियो । त्यो पनि हामी भन्दा सानो स्केलमा । चीनले पनि हामी भन्दा केही अघि तर सानो स्केलमा ऊर्जा उत्पादन शुरु गरेको थियो । एक समय हामी विद्युतीकरणको सन्दर्भमा इन्जिन जस्तो थियौ क्या । तर त्यसलाई हामीले मेन्टेन गर्न सकेनौं । हाम्रो चाँही अलि सस्तोको फ्याँकिदिने र उता पुग्ने । उनीहरुको चाहीँ भारीमा बोकेर लिएर आउँदाखेरी महंगो हुने त होइन होला नि । उही तारबाट आउने र जाने हो नि त । त्यही तारबाट गएको बिजुली सस्तो, त्यही तारबाट यता आउने चाहीँ महंगो । के भएको हो ? त्यत्रो आवश्यक्ता भन्दा बढी उत्पादन भएको देशले आफ्ना जनतालाई दुई अढाई रुपैँयामा उपभोग गराउने, अनि हामीलाई चाँही १२ रुपैयाँमा । तसर्थ, यस सन्दर्भमा सम्भवतः आजभोलि दिल्लीमा पनि वार्ता हुँदैछ क्यार । वार्ता गर्नेहरुले यस्ता कुरामा अलि बढी ध्यान दिनुप¥यो । ऊर्जा व्यापार, ऊर्जा बिक्री धेरै चिन्ताको विषय होइन । अहिले हाम्रो उपभोग क्षमता वृद्धिको आवश्यक्ता छ । त्यो बढाउनु पर्छ । ’
ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै आपत्ति जनाउनु भयो । व्यवसायी दुर्गा प्रसाईंका देशद्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने ओलीको चेतावनी थियो । उहाँले साग र साईकल सस्तोमा पाइन्छ भनेर देश नै अर्को देशमा मिसाई दिने अभिव्यक्ति दिनेलाई सरकारले किन नसुनेको भनि प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले त अचम्म लाग्छ–सरकारको नोटिसमा छ कि छैन, सरकारले गराएको होकि होइन ? एउटा मान्छे कुद्छ, दुईटा मान्छे कुद्छ, एक हुल मान्छे कुद्छ । केही पेड मान्छेहरु थपडी बजाउन त्यहाँ पठाइन्छ । यो देश सार्वभौमसत्ता सम्पन्न राष्ट्र राख्न भन्दा विदेशीलाई बुझाइदियो भने, सुम्पिदियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाईन्छ । किन यो देश राख्ने भन्छ ? सरकार सुन्छ कि सुन्दैन ? यो देशको सन्तान भन्न पनि नसुहाउँने, देशद्रोही कुरा गरेर मान्छे हिँडीराख्या छ । सरकारले लगाएको होकि नलगाएको हो ? सरकार सुन्छ कि सुन्दैन ? के यही प्रचार, यही अभियान जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति, सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् । होइन भने जनताले प्रतिवाद गर्छ । राष्ट्रियताको बिरुद्ध, राष्ट्रिय अस्तित्वको बिरुद्ध, राष्ट्रको सार्वभौमसत्ताको बिरुद्ध कोही चम्किँदै हिँडछ भने कुनै ब्यांकका डिफल्टर हुन वा जो सुकै होउन कसैलाई पनि जनताले सहन सक्दैन । लडेर बनाएको देश हो यो । लडेर बचाएको देश हो यो । साग र साईकल सस्तो पाइन्छ रे । यस देशको हावामा सास फेरेर, यस देशको पानी खाएर, यस देशको पानी नसामा बगाएर, यस देशको अन्न खाएर यस देशमा जन्मिएको हुँ भन्ने एउटा मान्छे कसरी बोल्नसक्छ कि यो देश अर्कालाई जिम्मा लगाईदिऊ भनेर । यो क्याम्पियन कसरी लिएर हिँडनसक्छ ? सरकार कानमा तेल हालेर कसरी बसेको छ ? जब यस्तो कुरा हुनसक्छ भने अरु कुरा किन हुन सक्दैन ? मामुली कुरा भइहाल्यो नि । मुलुकको अवस्था दयनीय छ । हामी यसका बिरुद्ध लडिरहेका छौं ।’
अध्यक्ष ओलीले राष्ट्र र राष्ट्रियताको बिरुद्धमा वकालत गर्नेहरुलाई नेपाली जनताले नछाडने र त्यसमा आफ्नो पार्टीको साथ रहने बताउनु भयो ।
कमेन्टस् 1
QgZOOihCxHqKOChlYkVTgZDt
EnhvTagRRzSkcusSJlvyD